Rule 18
विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगलाई मालवस्तु बिक्री गर्ने र भन्सार महसुल फिर्ता दिने व्यवस्था
(१) कुनै पैठारीकर्ताले पैठारी गरेको मालवस्तु विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगलाई विभागको पूर्व स्वीकृति लिई बिक्री गरेमा निजले त्यस्तो मालवस्तु पैठारी गर्दा भन्सार महसुल तिरेको रहेछ भने त्यस्तो भन्सार महसुल फिर्ता पाउनका लागि मालवस्तु बिक्री गरेको साठी दिनभित्र देहायका प्रमाण कागजात संलग्न गरी त्यस्तो मालवस्तु जुन भन्सार कार्यालयबाट पैठारी गरेको हो सोही कार्यालयमा निवेदन दिनु पर्नेछः–
(क) मालवस्तु पैठारी गर्दाको बीजक, प्रज्ञापनपत्र र नगदी रसिद,
(ख) खरिदकर्ता उद्योग र विक्रेता पैठारीकर्ताबीच त्यस्तो मालवस्तु खरिद बिक्री गर्ने सम्बन्धमा भएको सम्झौतापत्र,
(ग) मालवस्तु बिक्री गरेको बीजक,
(घ) खरिदकर्ता उद्योगले त्यस्तो मालवस्तु खरिद गरेको देखिने खरिद खाताको प्रमाणित प्रतिलिपि,
(ङ) खरिदकर्ता उद्योगबाट भुक्तानी प्राप्त गरेको प्रमाण,
(च) खरिदकर्ता उद्योग वा बिक्रेताका तर्फबाट सम्बन्धित भन्सार कार्यालयका नाममा जारी भएकोे त्यस्तो मालवस्तुमा लागेको
महसुल बराबरको बैङ्क जमानत ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भए पछि भन्सार कार्यालयको प्रमुखले आवश्यक जाचबुझ गरी महसुल फिर्ता दिनु पर्ने देखिएमा निवेदन परेका मितिले तीस दिनभित्र निवेदकलाई पूर्ण वा आंशिक रूपमा महसुल फिर्ता दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम जाचबुझ गर्दा निवेदकले माग गरेको रकम पूर्ण वा आशिक रूपमा फिर्ता दिनु नपर्ने देखिएमा कारण खोली निवेदकलाई लिखित जानकारी दिनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम बिक्री गरेको मालवस्तु प्रयोग गरी विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगले तयारी मालवस्तु बनाई निकासी गरेको प्रमाण र विदेशी मुद्रा प्राप्त गरेको प्रमाण पेश गरेपछि उपनियम (१) को खण्ड (च) बमोजिमको बैङ्क जमानत फुकुवा गरिनेछ ।
(५) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बिक्रेताले आफ्नो पैठारी मूल्यमा भन्सार महसुलसमेत समावेश गरी त्यस्तो मालवस्तु बिक्री गरेको रहेछ भने पैठारी गर्दा तिरेको भन्सार महसुल फिर्ता दिइने छैन ।